Market Closed

युनाइटेड मोदीको ५% नगद सुरक्षित गर्ने आज अन्तिम मौका, पुस १२ मा एजीएम

10 Dec,2018
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरको ५% नगद सुरक्षित गर्ने आज (मंसिर २४ गते) अन्तिम दिन हो । पुस १२ गते बस्ने कम्पनीको साधारण सभामा ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिँदैछ । यसको लागि कम्पनीले मंगलबार (मंसिर २५ गते) देखि पुस १२ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने भएकाले सोमबारसम्म कम्पनीको सेयरधनी बनिसक्नुपर्नेछ ।
 
मोदीले नगद लाभांशका लागि ५ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछ । गत वर्ष पनि कम्पनीले ५% नै नगद लाभांश दिएको थियो । साधारण सभा युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
 
कम्पनीको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।
 
हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यही चुक्ता पुँजीबाट ५% नगद लाभांश दिन लागेको हो । यसले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा छ ।

Post Your Comment