Market Closed

युनाइटेड मोदीको नाफा ३६.०१% ले बढ्यो

20 Aug,2019
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा खुद नाफा ३६.०१% ले धेरै हो । गत वर्ष मोदीले ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
 एक वर्षको अवधिमा कम्पनीले व्यवसाय सञ्चालनबाट गर्ने नाफा पनि ३० करोड ४१ लाख रुपैयाँबाट बढाएर ३१ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । मोदीको सेयर पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० करोड ३९ लाख रुपैयाँ छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ०४ पैसा रहेको छ ।

युनाइटेड मोदीको वित्तीय विवण हेर्नुहोस् । 

Post Your Comment