Market Closed

युनाइटेड मोदीले नाफा बढ्नुमा यस्तो देखायो कारण

19 Nov,2019
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २२ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको भन्दा नाफा २४.०८% धेरै हो । गत वर्ष यस बैंकले ४ करोड २० लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत उत्पादन गर्ने स्थानमा पानीको मात्र बढेपछि औषत भन्दा धेरै विद्युत उत्पादन हुन सकेको जसका कारण नाफामा पनि उल्लेख सुधार आएको कम्पनीको भनाई छ ।

बिजुली बिक्रीबाट हुने नाफा पनि १० करोड २९ लाख रुपैयाँबाट बढाएर १० करोड ४० लाख पुर्याउन कम्पनी सफल भएको छ । यसले समग्र नाफा बढ्न सकेको हो । असोजसम्म मोदीको सेयर पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ करोड १७ लाख रुपैयाँ छ ।

यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ०६ पैसा रहेको छ । हाल युनाइटेड मोदीले १०.५ मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको छ ।

युनाइटेड मोदीको वित्तीय विवरण पढ्नुहोस् । 
 

Post Your Comment