Market Closed

युनाइटेड मोदीको लाभांश घोषणा, गत वर्षभन्दा धेरै

16 Dec,2019
  • dividend_12_16_2019_12_55_58.jpg
नेपाली पैसा  
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ८.४२% नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२% का दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश पाउन आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । कम्पनीले ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

गत वर्ष कम्पनीले ५% नै नगद लाभांश दिएको थियो । यसआधारमा लाभांश अनुपात गत वर्षभन्दा वृद्धि भएको देखिन्छ । हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट नगद लाभांश प्रस्ताव गरेको हो । युनाइटेड मोदीले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ ।

सभा युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १० गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । 





Post Your Comment