Market Closed

युनियन हाइड्रोपावरको आइपीओ ९२.५१% बिक्यो, भर्ने अवसर अझै बाँकी

15 Apr,2019
  • ipos_4_4_2019_6_31_06.jpeg
नेपाली पैसा
 
काठमाडौं : युनियन हाइड्रोपावरको आइपीओमा हालसम्म ३२ लाख ४ हजार ४०० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार सोमबार मध्याह्नसम्ममा ४० हजार २६१ जनाले ३२ करोड ४ लाख ४० हजार रुपैयाँ बराबरको सेयर भरेका हुन् । 
 
कम्पनीले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यस आधारमा अझै २ लाख ५९ हजार २५४ कित्ता सेयरका लागि आवेदन पर्न बाँकी देखिन्छ । यसर्थ, यो आइपीओ भर्न चाहनेलाई अझै मौका रहेको देखिन्छ । 
 
यो आइपीओ वैशाख १२ गतेसम्म भर्न पाइनेछ । तर उक्त समय भन्दा अघि नै माग अनुसार आवेदन परेमा पूर्व सूचना दिएर बिक्री बन्द गरिने बिक्री प्रबन्धकले जानकारी दिएको छ । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म भर्न पाइनेछ ।
 
युनियनले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये कर्मचारीलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको हो । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
 
यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ । कम्पनीले ३ मेगावटको परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष छ ।

Post Your Comment