Market Closed

युनिलिभरको खुद नाफा ३.५४% बढ्यो, ४ अर्ब ८६ करोडको उत्पादन बिक्री

27 Aug,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७४।७५ को अन्त्यसम्ममा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३.५४% बढेको हो । अघिल्लो आर्थिक वर्षमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको अन्तिम ३ महिनाको मात्र नाफा भने घटेको छ । अघिल्लो आवको अन्तिम त्रैमासमा ३० करोड ४३ लाख रुपैयाँ रहेको नाफा गत आवको सोही अवधिमा २९ करोड २८ लाख रुपैयाँ छ ।
 
युनिलिभरको उत्पादन बिक्री बढेपछि खुद नाफामा पनि सुधार आएको हो । उत्पादन बिक्री अघिल्लो वर्षको तुलनामा ९.५९% ले बढेर आव २०७४।७५ मा ४ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड २४ लाख रुपैयाँको उत्पादन बिक्री गरेको थियो ।
 
युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १ अर्ब ८१ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ९८ करोड २२ लाख रुपैयाँ थियो । कम्पनीको चौथो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी ३३१ रुपैयाँ थियो ।
 
प्रतिसेयर नेटवर्थ २१ सय ५३ रुपैयाँबाट घटेर २ हजार ६७ रुपैयाँमा आएको छ । युनिलिभर  नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर भाउ भएको कम्पनी हो । नेप्सेमा यसको अन्तिम कारोबार प्रतिकित्ता २२ हजार ५७३ रुपैयाँमा भएको छ ।

युनिलिभरको चौथो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment