Market Closed

युनिलिभरको लाभांश घट्यो, यसपालि प्रतिकित्ता ७०० रुपैयाँ मात्र दिने

13 Sep,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १ कित्ता सेयर बराबर ७०० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।  युनिलिभरले कात्तिक ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
 
युनिलिभरले गत वर्षको तुलनामा यसपालि निकै थोरै लाभांश दिने घोषणा गरेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता १२ सय ७० रुपैयाँ नगद दिएको थियो । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ कम्पनी हो । यसको सेयर भाउ अहिले प्रतिकित्ता २४ हजार ६६३ रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ र नेटवर्थ २ हजार ६७ रुपैयाँ छ । 

Post Your Comment