Market Closed

युनिलिभर नेपालको सेयर कारोबार पुनः सुरु, सूचीकरणमा लागेको बन्देज फुकुवा

18 Sep,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले युनिलिभर नेपाल लिमिटेडको सेयर सूचीकरण स्थगन फुकुवा गरेको छ । यस निर्णयसँगै कम्पनीको सेयर कारोबार पनि खुला भएको छ । युनिलिभरले लाभांश घोषणा गरेर पनि लामो समयसम्म जानकारी नगराएको भन्दै कम्पनी व्यवस्थापनसँग नेप्सेले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 
 
कम्पनीले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएपनि आगामी दिनमा त्यस्ता गल्ति नदोहोर्याउन चेतावनी दिँदै नेप्सेले सेयर सूचीकरण र कारोबारमा लगाएको बन्देज फुकुवा गरेको हो । आइतबारदेखि बन्द भएको युनिलिभरको सेयर कारोबार मंगलबार खुला भएको छ । युनिलिभर नेपाल लिमिटेडले भदौ १२ गते सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई ७००% नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर यो निर्णय भदौ २८ गतेमात्र नेप्सेमा जानकारी गराइएको थियो । 

Post Your Comment