Market Closed

युनिलिभरले कात्तिक ६ मा गर्ने भयो एजीएम, ७०० रुपैयाँ नगद लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

30 Sep,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालले कात्तिक ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण र सञ्चालक तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने पनि युनिलिभरले जनाएको छ ।
 
साधारण सभा गर्न कम्पनीले असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ अहिले प्रतिकित्ता २४ हजार ७९९ रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ र नेटवर्थ २ हजार ६७ रुपैयाँ छ ।

Post Your Comment