Market Closed

युनिलिभरको ७०० रुपैयाँ नगद लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन, कात्तिक ६ मा एजीएम

07 Oct,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालको ७०० रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आइतबार (असोज २१ गते) अन्तिम दिन हो । कात्तिक ६ गते वार्षिक साधारण सभा गर्न युनिलिभरले सोमबार (असोज २२ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा आइतबारसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
सभामा कम्पनीले प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । गत आर्थिक वर्षको नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण र सञ्चालक तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिनेछ ।
 
युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ अहिले प्रतिकित्ता २४ हजार ३०४ (बिहीबारको क्लोजिङ भाउ अनुसार )रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ र नेटवर्थ २ हजार ६७ रुपैयाँ छ । 
 

Post Your Comment