Market Closed

युनिलिभरको ७००% नगद लाभांश अब कहिले आउँछ बैंक खातामा ?

26 Oct,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनिलिभर नेपालले आइबार (कात्तिक ११ गते) देखि ७००% नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु गर्ने भएको छ । सेयर डिम्याट गरिसकेका सेयरधनीलाई आइपीएस मार्फत डिम्याट खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश जम्मा गरिनेछ । नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार शुल्क लाग्ने भएमा त्यो शुल्क भने सेयरधनीले नै तिर्नुपर्नेछ ।   
 
 युनिलिभरको कात्तिक ६ गते सम्पन्न साधारण सभाले ७००% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । डिम्याट खातामा बैंक खाता अध्यावधिक नगरेका सेयरधनीलाई डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो बैंक खाता अध्यावधिक गर्न समेत भनिएको छ । 
 
बैंक खाता रुजु नभएका, बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका वा अन्य कुनै कारणवश लाभांश खातामा रकमान्तर हुन नसकेका सेयरधनीको हकमा भने डिम्याट खाता अनुसार मिल्ने गरी बैंक खाता अध्यावधिक गराए पश्चात नगद लाभांश जम्मा गरिने पनि कम्पनीले जानकारी गराएको छ । 
 

Post Your Comment