Market Closed

युनिलिभरको खुद नाफा १०.८७% बढ्दा रिजर्भ कोषमा २ अर्ब १४ करोड रुपैयाँ

16 Nov,2018
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३० करोड १७ लाख रुपैयाँ रहेको खुद नाफा अहिले १०.८७% धेरै भएको हो । युनिलिभरको उत्पादन बिक्री बढेपछि खुद नाफामा पनि सुधार आएको हो ।
 
उत्पादन बिक्री गत वर्षको तुलनामा २१.३४% ले बढेर १ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब २५ करोड २२ लाख रुपैयाँको उत्पादन बिक्री गरेको थियो । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा २ अर्ब १४ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ ।
 
गत वर्ष युनिलिभरको रिजर्भमा १ अर्ब ९ करोड २८ लाख रुपैयाँ थियो । कम्पनीको पहिलो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी ३२८ रुपैयाँ थियो ।

प्रतिसेयर नेटवर्थ १ हजार ३११ रुपैयाँबाट बढेर २ हजार ४३१ रुपैयाँ पुगेको छ । युनिलिभरले कात्तिक ६ गते वार्षिक साधारण सभा गरेर प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

युनिलिभरको हेर्नुहोस् वित्तीय विवरण

Post Your Comment