Market Closed

युनिलिभरको खुद नाफामा १०९.६०% वृद्धि, प्रतिसेयर आम्दानी ३४८ रुपैयाँ

27 Feb,2019
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३० लाख रुपैयाँ रहेको खुद नाफा अहिले १०९.६०% ले बढेको हो ।
 
उत्पादन बिक्री गत वर्षको तुलनामा २१.६६% ले बढेर १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब २ करोड ११ लाख रुपैयाँको उत्पादन बिक्री गरेको थियो । अन्य स्रोतबाट १४ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ ।
 
गत वर्ष युनिलिभरको रिजर्भमा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ थियो । कम्पनीको दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ३४८ रुपैयाँ छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी १६६ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १ हजार ४७७ रुपैयाँबाट बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ । 

युनिलिभर नेपालको दोस्रो त्रैमासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment