Market Closed

युनिलिभरको खुद नाफा ८.६१% ले बढ्यो, १ अर्ब ४१ करोडको उत्पादन बिक्री

13 May,2019
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड १९ लाख रुपैयाँ रहेको खुद नाफा अहिले ८.६१% ले बढेको हो । उत्पादन बिक्री गत वर्षको तुलनामा २३.७३% ले बढेर १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ । 
 
गत वर्ष १ अर्ब १४ करोड ६० लाख रुपैयाँको उत्पादन बिक्री गरेको थियो । अन्य स्रोतबाट १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा २ अर्ब ९ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।
 
गत वर्ष युनिलिभरको रिजर्भमा १ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ थियो । कम्पनीको तेस्रो त्रैमासको प्रतिसेयर आम्दानी २९७ रुपैयाँ छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २७४ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १ हजार ७५० रुपैयाँबाट बढेर २ हजार ३७६ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपालको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment