नौ करोड २१ लाख पुँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड

19 Aug,2019
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनिलिभर नेपालले आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमाससम्मा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ रहेको खुद नाफा अहिले ६.७४% ले बढेको हो । कम्पनीका उत्पादन तथा बिक्री गत वर्षको तुलनामा १८.१९% ले बढेर ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 
 
 अघिल्लो वर्ष यसले ४ अर्ब ८६ करोड ८४ लाख रुपैयाँको उत्पादनहरु बिक्री गरेको थियो । अन्य स्रोतहरुबाट पनि युनिलिभरले ५१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष युनिलिभरको रिजर्भमा १ अर्ब ८१ करोड १४ लाख रुपैयाँ थियो । 

कम्पनीको असार मसान्तसम्म प्रतिसेयर आम्दानी १५० रुपैयाँ छ । अघिल्लो वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ भने ४५९ रुपैयाँले बढेर २ हजार ५२६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर नेटवर्थ २ हजार ६७ रुपैयाँ थियो । युनिलिभर सेयर बजारमा सबैभन्दा धेरै भाउ भएको कम्पनी हो । यो कम्पनीले लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । उत्पादनमूलक क्षेत्रमा आकर्षण बढाउन समेत यस कम्पनीले योगदान पुर्याएको विश्वास गरिन्छ । 

युनिलिभरको वित्तीय विवरण हेर्नुहोस् । 
 

Post Your Comment