Market Closed

युनिभर्सलको आइपीओमा कति पर्यो आवेदन ? १०० कित्ता भर्नेले माग अनुसार पाउने दाबी

10 Feb,2019
  • IPO_6_ss_2_8_2019_5_56_07.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिभर्सल पावर कम्पनीको आइपीओमा ३३ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार अपराह्नसम्ममा ३७ हजार २६५ जनाले ३३ लाख ९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । 
 
युनिभर्सलले शुक्रबार (माघ २५ गते) देखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
 
यो आइपीओ माघ २९ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था छ । न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । 
युनिभर्सलले यसअघि पुस १५ गतेदेखि माघ १३ गतेसम्म २१ लाख ३५० कित्ता सेयर आइपीओ दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयलाई बिक्री खुला गरेको थियो । तर यसमा स्थानीयले ३ लाख ३४ हजार २०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।
 
१०० कित्ता लगानी गर्नेले माग अनुसार पाउने सम्भावना :
 
युनिभर्सल पावरका अनुसार २ दिनको तथ्यांकलाई आधार मान्दा १०० कित्तासम्म लगानी गर्नेले माग अनुसार नै सेयर पाउने सम्भावना रहेको छ । ८६ हजार ७४४ जना लगानीकर्ताले आवेदन दिएमा सबैलाई १०० कित्ताका दरले सेयर बाँडफाँट गर्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 
 
कस्तो छ कम्पनी ?
 
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ । युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७।७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

Post Your Comment