Market Closed

माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, आइतबारदेखि कारोबार

10 Jan,2019
  • listings_template_1_10_2019_1_29_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर (माथिल्लो तामाकोशी) को १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । अपर तामाकोशीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।

सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ । 
 
अपर तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो । 
 
आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए । यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो । 

 

Post Your Comment