Market Closed

अपर तामाकोशीको साधारण सभा स्थगित, गणपूरक संख्या पुगेन, अब के हुन्छ ?

26 Jun,2019
  • agm-postponed_6_26_2019_1_25_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि बुधबार बोलाइएको सभा स्थगित भएको हो । साधारण सभाका लागि न्यूनतम ५१% सेयर संख्या आवश्यक पर्छ । अब अर्को साधारण सभा बसेर प्रस्तावित एजेन्डा पारित गर्नुपर्ने हुन्छ । साधारण सभामार्फत सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम थियो ।

कम्पनीले अर्को साधारण सभाको मिति पछि तय गरिने जानकारी गराएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाइएको थियो । अपर तामाकोशी हाइड्रोपावरले यसअघि साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते मंगलबारदेखि असार ११ गते सम्म बुक क्लोज गरेको थियो । 
 
सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गरी पारित गर्ने लागायतका एजेन्डा राखिएका थिए । यस्तै, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि थिए । तामाकोशीले आइपीओ जारी गरेपछि पहिलो पटक एजीएम बोलाएको हो । 

Post Your Comment