Market Closed

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आउने, फागुन ६ मा हुँदैछ विशेष साधारण सभा

14 Feb,2019
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सले सोमबार (फागुन ६ गते) विशेष साधारण सभा बोलाएको छ । कम्पनीले १००% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव राखेर सभा बोलाएको हो । वोमीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँको १००५ हकप्रद सेयर जारी गर्न लागेको हो ।
 
हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । विशेष साधारण सभाबाट यो प्रस्ताव अनुमोदन गराउने एजेन्डा छ ।
 
हकप्रद सेयर जारी भएपछि संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी पनि वृद्धि हुनेछ । संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । विशेष साधारण सभा फागुन ६ गते बिहान ११ बजे धुनिबेशी नगरपालिका, खानीखोला धादिङस्थित नौबिसे एग्रो रिसोर्टको सभा हलमा हुनेछ ।
 
चालु आवको दोस्रो त्रैमासमा वोमीले २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा छ । 

Post Your Comment