Market Closed

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद आउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

25 Mar,2019
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सले १००% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
 
वोमीले फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ ।  हकप्रद सेयर जारी भएपछि संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी पनि वृद्धि हुनेछ ।
 
चालु आवको दोस्रो त्रैमासमा वोमीले २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा छ ।

Post Your Comment