Market Closed

वोमी माइक्रोफाइनान्सको नाफा ५१.९७% बढ्यो, प्रतिसेयर आम्दानी पनि आकर्षक

19 Apr,2019
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१.९७% ले खुद नाफा बढेको वित्तीय विवरण पेश गरेको छ । कम्पनीले गत वर्ष २ करोड ९५ लाख १० हजार रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी चालु आवको तेस्रो त्रैमासमा ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ पुर्याएको हो ।
 
यो अवधिमा वोमीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । गत आर्थिक वर्षको तुलनामा खुद ब्याज आम्दानी ५१.७६% ले बढेको छ । गत आवको यसै त्रैमासमा ५ करोड ९४ लाख ८७ हजार रहेको खुद ब्याज आम्दानी चालु आवमा ९ करोड २ लाख ७९ हजार पुगेको हो ।
 
यस्तै, संस्थाले सञ्चालन नाफा ५६.३७% ले बढाएर ७ करोड ४ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा ४ करोड ५० लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो । चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँबाट बढाएर १० करोड १० लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले यही पुँजीमा १००% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।
 
वोमीको जगेडा कोषमा ९ करोड ४१ लाख ४२ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५६ करोड २३ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६७ करोड २६ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ०.७०% रहेको छ । वोमीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १३ पैसा छ ।

वोमी माइक्रोफाइनान्सको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment