Market Closed

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद दाबी गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

04 Jul,2019
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सले १००% हकप्रद निष्कासन गर्न असार २७ (शुक्रबार) गते एक दिन बुक क्लोज गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । तर नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतदेखि वोमीको सेयर कारोबार रद्द रहेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् ।
 
बोमीले १ः१ अनुपातमा १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । बुक क्लोज मिति तय गरेपनि नेपाल धितोपत्र बोर्डले भने हकप्रद निष्कासन स्वीकृत गरिसकेको छैन ।
 
वोमीले फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । 
 
चालु आवको तेस्रो त्रैमासमा वोमीले ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १३ पैसा छ ।

Post Your Comment