वोमी माइक्रोफाइनान्सको १००% हकप्रद साउन ९ बाट खुल्ने

17 Jul,2019
  • Right-Share_new_7_17_2019_11_10_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद सेयर साउन ९ गतेबाट खुल्ने भएको छ । यो लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । 
 
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
 
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । वोमीले फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । 
 
कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । चालु आवको तेस्रो त्रैमासमा वोमीले ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ १३ पैसा छ ।

वोमीको हकप्रद सेयरको आह्वानपत्र यहाँबाट हेर्नुहोस् ।

Post Your Comment