Market Closed

वोमीको वित्तीय अवस्था मजबुत बन्दै, रिजर्भ र प्रतिसेयर अम्दानीमा आकर्षक सुधार

23 Jul,2019
  • Womi-microfinance-bittiya-sanstha-Ltd_8_15_2018_11_38_03.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा आकर्षक प्रगति गरेको छ । आव २०७५।७६ को चौथो त्रैमासको अन्त्यसम्ममा विशेषगरी रिजर्भ कोष र प्रतिसेयर आम्दानी मजबुत बनेको छ । वोमीको रिजर्भ कोष २५०.६१% ले बढेर १४ करोड ४२ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा रिजर्भ कोषमा ४ करोड ११ लाख ३० हजार रुपैयाँ मात्र रहेको थियो । 
 
साथै, यस अवधिमा प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार आएको छ । प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३ रुपैयाँले बढेर ६२ रुपैयाँ ८ पैसा पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा रहेको थियो । 
 
यता, खुद नाफा पनि ५५.८५% ले बढेर ६ करोड २७ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ करोड २ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस अवधिमा यसको खुद ब्याज आम्दानी ५२.४९% ले बढेर १२ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ । 
 
यता, निक्षेप संकलन ४४.२१% ले बढेर ६१ करोड ९३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ५१.७४% ले बढेर १ अर्ब ८४ करोड ६१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा वोमीको प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा रहेको छ ।
 
यता, वोमीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर साउन ९ गतेबाट बिक्री गर्न लागेको छ । उक्त हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।

वोमीको चौथो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 

वोमीको प्रमुख वित्तीय सूचकहरु :

Post Your Comment