Market Closed

आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको वोमीले बिहीबारबाट १००% हकप्रद खुला गर्दै

23 Jul,2019
  • Right_share_7_23_2019_5_18_16.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको  १००% हकप्रद सेयर बिहीबार (साउन ९ गते) बाट खुल्ने भएको छ । यो लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । 
 
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
 
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । वोमीले फागुन ६ गते भएको वार्षिक साधारण सभाबाट १००% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । 

वोमीको हकप्रद सेयरको आह्वानपत्र यहाँबाट हेर्नुहोस् ।

वोमीको वित्तीय अवस्था मजबुत बन्दै, रिजर्भ र प्रतिसेयर अम्दानीमा आकर्षक सुधार

 

Post Your Comment