Market Closed

वोमी लघुवित्तको १००% हकप्रद बिक्री खुला, पुँजी २० करोड पुग्ने

25 Jul,2019
  • Right_share_7_23_2019_5_18_16.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको  १००% हकप्रद सेयर बिहीबार (साउन ९ गते) बाट बिक्री खुला भएको छ । यो लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस हकप्रद सेयरमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
 
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
 
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस लघुवित्तले ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।

वोमीको हकप्रद सेयरको आह्वानपत्र यहाँबाट हेर्नुहोस् ।

Post Your Comment