Market Closed

वोमी माइक्रोफाइनान्सले जेठ १६ गतेदेखि ३०% हकप्रद बिक्री खुला गर्दै

13 May,2018
  • Womi-microfinance-bittiya-sanstha-Ltd_5_13_2018_2_03_07.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सले जेठ १६ गतेदेखि ३०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
हकप्रद बिक्री गर्न वोमीले जेठ ४ गते बुक क्लोज गर्ने घोषणा गरिसकेको छ  । यसआधारमा, जेठ ३ गतेसम्म कायम सेयरधनीले वोमीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमीले २ करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ४१ पैसा छ । 

Post Your Comment