Market Closed

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, जेठ १६ गतेदेखि निष्कासन

17 May,2018
  • Womi-microfinance-bittiya-sanstha-Ltd_5_17_2018_11_10_39.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सेयर सुरक्षित गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम मौका हो । कम्पनीले जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्न शुक्रबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने व्यवस्था छ ।
 
वोमीले असार १९ गतेसम्म हकप्रद बिक्री खुला गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 
 
त्यसैगरी, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment