वोमी माइक्रोफाइनान्सको आइतबार कति रुपैयाँमा खुल्छ सेयर ? ३०% हकप्रदमा भयो मूल्य समायोजन

18 May,2018
  • Womi-microfinance-bittiya-sanstha-Ltd_5_18_2018_12_05_59.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता १ हजार ४३०.७७ रुपैयाँ कायम भएको छ । अब आइतबार बजार खुल्दा वोमीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर सुरु हुनेछ । यसको औसत आधार मूल्य भने १ हजार ३६८.८८ रुपैयाँ हो । 
 
वोमीले जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । यसका लागि शुक्रबार बुक क्लोज भएको हो । यो हकप्रद असार १९ गतेसम्म भर्न पाइनेछ । हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
 

Post Your Comment