Market Closed

वोमी माइक्रोफाइनान्सको बुधबारदेखि ३०% हकप्रद सेयर खुल्दै, असार १९ गतेसम्म म्याद

29 May,2018
  • Womi-microfinance-bittiya-sanst_5_29_2018_10_44_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सको बुधबारदेखि (जेठ १६ गते) देखि ३०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । वोमीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्न बुक क्लोज समेत गरिसकेको छ । यस हकप्रदमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 
 
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
 
हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment