Market Closed

आर्थिक वृद्धिदर ६.९४ प्रतिशत पुग्दा कुन क्षेत्रको योगदान कति ? (टेबलसहित)

29 Apr,2017
  • economic_4_29_2017_7_14_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल आर्थिक वृद्धिदर (जीडीपी) ६.९४ प्रतिशत पुग्ने पूर्वानुमानसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडालाई हेरेर आर्थिक वृद्धिदर ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको हो । अपेक्षाभन्दा अझ बढी वृद्धिदर हुनुमा अनुकुल मौसम, कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र उर्जा संकट समाधानलगायतलाई प्रमुख कारण मानिएको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान ५.४० प्रतिशत मात्र हुने पूर्वानुमान गरिएको छ । वित्तीय क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६.७२ प्रतिशतले कुल मूल्य अभिवद्धिमा सुधार हुने अनुमान छ । यसो हुनुमा बचत तथा ऋण खातामा भएको बढोत्तरी तथा वित्तीय संस्थाहरुको शाखा विस्तार प्रमुख कारण हो ।





चालु आर्थिक वर्षको पुषसम्म बैंक तथा वित्तीय संस्थामा बचत खाताको संख्या १ करोड ८२ लाख ६ हजार ७ सय २४ पुगेको छ भने ऋण खाताको संख्या ११ लाख ५६ हजार ८४१ वटा छ । यता, चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रले (कृषि, वन, मत्स्य, खानी तथा उत्खनन) ३० प्रतिशत योगदान दिने पूर्वानुमान छ भने दोस्रो क्षेत्रले (निर्माण, उद्योग, विद्युत, ग्यास तथा उद्योग) १४ प्रतिशत योगदान दिने अनुमान छ । साथै, सेवा क्षेत्रले (थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रशासन, रियल स्टेट लगायत) ५५.९९ प्रतिशत योगदान दिनेछ । 
 

Post Your Comment