Market Closed

नेप्सेका नवनियुक्त सीइओ साउद भन्छन्–अनलाइन कारोबार, मार्जिन लेन्डिङ र डिलरसीप प्राथमिकतामा

09 Oct,2017
  • Chandra-Singh-Saud_10_9_2017_5_13_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले नयाँ कार्यकारी प्रमुख पाएको छ । सरकारले सोमबार नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्र सिंह साउदलाई नियुक्त गरेको हो । साउदले अब आगामी ४ वर्षसम्म नेप्सेको सीइओको जिम्मेवारी निर्वाह गर्नेछन् । नेपाल इन्सुरेन्सबाट अवकास पाएका साउद चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष हुन् । नवनियुक्त सीइओ साउदले आफूले नियुक्तिको चिठी बझ्न बाँकी रहेको बताए । अनलाइन कारोबारलाई पहिलो प्राथमिकता दिइने उनले नेपाली पैसासँग भने । पुँजी बजारलाई मर्यादित र अनुशासित बनाउन विशेष पहल गरिने उनले बताए । साना लगानीकर्तालाई पुँजी बजारमा आकर्षित गर्ने, लगानीमैत्री वातावरण तय गरिने, ब्रोकरलाई मार्जिन लेन्डिङ सेवा दिन पहल गरिनेछ, उनले भने । यसैगरी, बजार निर्माता र डिलरसीपको काम पनि अघि बढाउने योजना उनले सुनाए । 
 
नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको असार तेस्रो साता कार्यकाल सकिएपछि नेप्सेमा प्रमुखको पद रिक्त रहेको थियो । नेप्सेको सिइओका लागि १३ जनाले आवेदन दिएकोमा अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरेको छनोट तथा सिफारिस समितिले ५ जनाको नाम छानेको थियो । दरखास्त साथ संलग्न उम्मेदवारको शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको परीक्षणबाट प्राप्त अंकको आधारमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया छानिएका थिए । यी उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्र्तवार्तापछि प्रविन पन्दाक र सिताराम थपलिया आउट भएका थिए भने बाँकी ३ जनाको नाम सिफारिस गरिएको थियो । ती ३ जनामध्येबाट मन्त्रीपरिषद् बैठकले साउदलाई नेप्सेको जिम्मेवारी दिने निर्णय गरेको हो ।  
 
 
 
 

Post Your Comment