Market Closed

भैरवकुण्ड हाइड्रोपावरको पनि आउने भयो ३१ करोड ८३ लाख रुपैयाँको आइपीओ

24 Oct,2018
  • ipo_s_10_24_2018_5_52_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँको ३१ लाख ८३ हजार २८० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि ६ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २५ लाख ३३ हजार २८० कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । भैरवकुण्डले सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा ३ मेगावटको हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी ६५ करोड रुपैयाँ छ । जसमध्ये १०% स्थानीय जनताका लागि सेयर छुट्याइएको छ । 
 
 
 

Post Your Comment