Market Closed

युनाइटेड मोदीको नाफा १.०५% सुधार हुँदा प्रतिसेयर आम्दानी कति ?

11 Feb,2019
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा १.०५% ले धेरै हो । गत वर्ष मोदीले ५ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
कम्पनीले व्यवसाय सञ्चालनबाट गर्ने नाफा पनि २ लाख ७८ रुपैयाँले बढाएर १६ करोड ८३ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष मोदीले व्यवसायबाट १६ करोड ८० लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 
 
सेयर पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६ करोड ९२ लाख ४४ हजार रुपैयाँ छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ०२ पैसा रहेको छ । 

युनाइटेड मोदीको दोस्रो त्रैमासको रिपोर्ट यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment