Market Closed

एनसीसीले लिलामीमा बेचेको ७९ लाख ११ हजार २८१ कित्ता सेयर नेप्सेमा भयो सूचीकृत

11 Feb,2019
  • listings_template_2_11_2019_4_27_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ । बैंकको हकप्रद बिक्री खुला गर्दा नबिकेको ७९ लाख ११ हजार २८१ कित्ता सेयर लिलामीमा बिक्री भएपछि बल्ल सूचीकृत गरिएको हो । एनसीसीले गत पुस ११ देखि २० गतेसम्म ७९ लाख ११ हजार २८१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । 
 
यसअघि बैंकको १ करोड ५४ लाख  ८४ हजार १० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भइसकेको छ । एनसीसीले भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
 
हाल एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ५ हजार ५९ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड ११ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आम्दानी २१ रुपैयाँ १२ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा छ ।
 
 

Post Your Comment