Market Closed

ग्रामीण विकासलाई ५०% हकप्रद बेच्ने अनुमति, अब कति पुग्छ चुक्ता पुँजी ?

14 Mar,2019
  • right_sharen_2_18_2019_1_21_30.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । ग्रामीणले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँबाट हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ग्रमीणको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ६५ पैसा रहेको छ ।

Post Your Comment