Market Closed

सहुलियतपूर्ण कर्जा प्रवाहको वार्षिक लक्ष्य निर्धारण गर्न राष्ट्र बैंकको निर्देशन

15 Apr,2019
  • nrb_3_28_2019_6_40_48.jpg
नेपाली पैसा
 
काठमाडौं : सहुलियत कर्जा प्रवाहलाई वार्षिक लक्ष्य निर्धारण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुरुपका कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
 
एकीकृत कार्यविधि, २०७५ अनुसार सहुलियत कर्जा अन्र्तगत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म दिने व्यवस्था छ । साथै, महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म र भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ सम्मलाई सहुलियत कर्जा अन्तर्गत राखिएको छ । 
 
उक्त सहुलियत कर्जा सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरु मार्फत सहज रुपमा प्रवाह गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । उक्त कार्यविधि अनुसार ब्याज अनुदान दिने कर्जाको अवधि बढीमा ५ वर्षसम्म हुने व्यवस्था छ । साथै, उक्त कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाले अधारदरमा २% भन्दा कम राखेर प्रवाह गर्नु पर्छ । 

Post Your Comment