शाइन रेसुंगाले ३१.०७% ले बढायो खुद नाफा, पूर्णिमालाई एक्वायर गर्दै

24 Apr,2019
  • shine-resunga-development-bank-_4_25_2018_12_29_53.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१.०७% ले खुद नाफा वृद्धि गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २३ करोड ७२ लाख रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी अहिले ३१ करोड ९ लाख ३ हजार रुपैयाँ पुर्याएको हो । यसको खुद ब्याज आम्दानी ३६.१०% र सञ्चालन नाफा ३८.७२% ले वृद्धि भएको छ । 
 
तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ६३ करोड ९८ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४८ करोड ५६ लाख ७७ हजार रुपैयाँ पुगेको हो । शाइनले १६ अर्ब ९८ करोड ६९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २९ करोड ९९ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खराब कर्जा ०.१९% र कस्ट अफ फन्ड ७.७९% रहेको छ ।
 
शाइन रेसुंगाको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ । यसले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा हस्ताक्षर गरिसेको छ । एक्विजिसनपछि पुँजी अझै माथि जानेछ । रिजर्भ कोषमा ६४ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ । यस बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा रहेको छ ।
 
शाइन रेसुंगाको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment