Market Closed

नेपाल इन्सुरेन्सले भदौ ८ मा डाक्यो एजीएम, बुक क्लोज कहिले ?

01 Aug,2019
  • nepal-insurance-company-ltd_6_24_2018_10_19_19.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सले भदौ ८ गते ७० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको बुधबार (साउन १५ गते) बसेको सञ्चालक समितिको बैंठकले भदौ ८ मा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा यसअघि घोषित ७.५% बोनस सेयर प्रस्ताव पेश हुनेछ । तर बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ ।
 
साधारण सभा कार्की एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्नेछ । यस आधारमा साउन २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Post Your Comment