Market Closed

लुम्बिनीको १७.०७% बोनस सेयर पारित, मर्जमा जान पनि बाटो खुला

13 Aug,2019
  • lubl_img_8_13_2019_3_46_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकको १७.०७% बोनस सेयर पारित भएको छ । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट वितरण गर्न लागिएको बोनस सेयर अनुमोदन गरेको हो । सभाले अनुमोदन गरिसकेकाले अब नेप्से तथा सीडीएसमा सूचीकरण गर्ने र लगानीकर्ताो खातामा पठाउने प्रक्रिया केही समयपछि सुरु हुनेछ । बोनस सेयर वितरणपछि बैंक पुँजी समेत थप विस्तार भएको छ । 
 
साधारण सभा अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे सुरु भएको थियो । बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गरिएका छन् । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि अनुमोदन भएको छ । 
 
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित भएको छ । यससँगै लुम्बिनीलाई मर्ज जान वा कुनै कम्पनी एक्वायर गर्न समेत बाटो खुला भएको छ । 
 
साउन २१ गतेसम्म कायम सेयधनीले बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

Post Your Comment