Market Closed

शिखर इन्सुरेन्सको प्रतिसेयर आम्दानी झन् बढ्यो, रिजर्भ पनि उस्तै आकर्षक

21 Aug,2019
  • Shikhar-insurance-company_5_30_2018_6_00_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा वृद्धि गर्दै ४७ करोड २९ लाख ८० हजार पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा नाफा १५.४६% ले बढी हो । अघिल्लो वर्ष शिखरले ३९ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन भने १.८०% ले घटेर १ अर्ब ५६ करोड ३३ लाख ९८ हजार कायम भएको छ । अघिल्लो वर्ष शिखरले १ अर्ब ५९ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
 
 शिखरले यो त्रैमास सम्ममा १ अर्ब ११ करोड ४० लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । ८१ करोड १६ लाख ६१ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । यस्तै, बिमा कोषको आकार २७.५७% बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको शिखरको जगेडा कोषमा ४५ करोड ७० लाख ८६ हजार रुपैयाँ छ ।

अघिल्लो वर्ष जगेडा कोषमा २१ करोड २५ लाख ९७ हजार रुपैयाँ मात्र थियो । यस आधारमा जगेडा कोष ११५% ले बढेको देखिन्छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको शिखरको प्रतिसेयर नेटवर्थ भने २५०रुपैयाँ १७ पैसा छ ।

 

 

Post Your Comment