नेपाली पैसा
काठमाडौं :
एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद सम्पति मूल्य साउन मसान्तसम्म आइपुग्दा ९ रुपैयाँ ९५ पैसा कायम भएको.छ । यो अघिल्लो महिनाको तुलनामा १ पैसाले मात्र कम हो । असार मसान्तमा यसको खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९६ पैसा रहेको थियो ।
यो फन्डले साउन मसान्तसम्म सूचीकृत सेयरमा लगानी बढाएर ३ करोड ४२ लाख ३ हजार ६२४ रुपैयाँ पुर्याएको छ । यसको बैंक मौज्दात भने १७ करोड ९२ लाख २४ हजार ५४३ रुपैयाँबाट घटेर १४ करोड ३२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।
यस अवधिसम्म आइपुग्दा फन्डले विभिन्न समूह गरी ३१ कम्पनीमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी वाणिज्य बैंक समूहमा रहेको छ । यसले कूल ११ वाणिज्य बैंकमा १ करोड ४३ लाख १५ हजार ९३९ रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, विकास बैंक समूहमा ४५ लाख ४७ हजार २१८ रुपैयाँ लगानी गरेको छ । फन्डले सबैभन्दा धेरै प्रभु बैंकको ६ हजार कित्ता होल्ड गरेको छ । रकमको आधारमा भने सबैभन्दा धेरै नबिल बैंकले २३ लाख ५२ हजार रुपैयाँ सेयरमा लगानी गरेको छ । एनआइबीएल एसले पहिलो पटक सहभागिता फन्डलाई खुलामुखी म्युचुअल फन्डका रुपमा बिक्री गरेको हो ।
एनआइबीएल सहभागिता फन्डको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।