Market Closed

सिटिजन्सको नयाँ म्युचुअल फन्डको पनि न्याभ घट्यो, यसरी गर्दैछ सेयर लगानी

01 Sep,2019
  • mutual_fund_6_18_2019_11_03_02.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड २ को प्रतिइकाई सम्पति मूल्यमा १५ पैसाको गिरावट आएको छ । असारमा ९ रुपैयाँ ९२ पैसा रहेको प्रतिइकाई खुद सम्पति मूल्य घटेर साउनमा ९ रुपैयाँ ७७ पैसामा आएको हो । साउन महिनासम्ममा यस फन्डले ३३ करोड ६१ हजार ९७० रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।
 
यता, बैंक मौज्दातमा १८ करोड ४ लाख ३२ हजार ३८६ रुपैयाँ जम्मा गरेको छ । फन्डले कुल ३८ वटा कम्पनीको ६ लाख ५८ हजार ८८१ कित्ता सूचीकृत सेयरमा लगानी गरेको छ । वाणिज्य बैंक समूहमा मात्रै १५ करोड ११ लाख ४७ हजार २४९ रुपैयाँको ३ लाख ६० हजार ७५४ कित्ता सेयरमा लगानी रहेको छ । सबैभन्दा बढी नेपाल बैंकको ४७ हजार ६५८ कित्ता सेयर होल्ड गरेको छ ।
 
‘सिटिजन्स म्युचुअल फन्ड–२’ सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित दोस्रो म्युचुअल फन्ड हो । यो २०७६ असार २२ गतेदेखि २०८६ असार २१ गतेसम्म ७ वर्ष अवधि भएको म्युचुअल फन्ड योजना हो ।

सिटिजन्स म्युचुअल फन्ड २ को साउन महिनाको विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment