Market Closed

एभरेष्ट बैंकको अग्राधिकार सेयर फेरि साधारणमा परिवर्तन गर्ने समय आयो

11 Sep,2019
  • Everest-bank-Ltd_8_3_2018_10_49_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट बैंकले चौथो पटक अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएको छ । बैंकले ७% अग्राधिकार सेयर जारी गरेकोमा यसअघि ३ पटकसम्म साधारण सेयरमा परिवर्तन गरिसकेको छ । कुल जारी भएको ७% सेयर मध्येबाट प्रत्येक ३ वर्षमा २०% का दरले साधारण सेयरमा परिवर्तन गर्नुपर्छ । सोही अनुसार अहिले चौथो पटक २०% परिवर्तन गर्न लागिएको हो ।

यो सेयर अब असोज ९ गते साधारण सेयरमा परिवर्तन गरिनेछ । यसर्थ, एभरेष्टको अग्राधिकार सेयरको अन्तिम कारोबार असोज १ गतेसम्म हुनेछ । असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयर कारोबार बन्द हुने समेत एभरेष्ट बैंकले जनाएको छ ।

 

Post Your Comment