Market Closed

भारतमा एटीएम नचलेर अप्ठेरोमा पर्नु भएको छ ? राष्ट्र बैंकलाई यो नम्बरमा फोन गर्नुहोस्

11 Sep,2019
  • atm_9_11_2019_4_02_42.jpeg
नेपाली पैसा 
 
काठमाडौं : भारतमा एटीएम कार्ड नचलेर अप्ठेरोमा परेका नेपालीलाई नेपाल राष्ट्र बैंकले सहयोग गरेको छ । भारत पुगेका व्यक्तिहरुले कार्ड नचलेमा राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाको फोन नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेर समस्याका बारेमा अवगत गराएमा उनीहरुलाई २४ घण्टाभित्र भुक्तानी सेवा उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । 
 
चिनियाँ ह्याकरले एटीएम प्रणाली ह्याक गरेर पैसा चोरेपछि कार्डबाट हुने भुक्तानी सेवा भारतमा अबरुद्ध छ । राष्ट्र बैंकले आगामी ३ दिनभित्र प्रणालीहरु सूचारु गर्ने जनाएको छ । प्रणाली सूचारु नहुन्जेलसम्मका लागि राष्ट्र बैंकले सम्बन्धित ब्यक्तिलाई भारतमा पैसा उपलब्ध गराउने जनाएको छ । 
 

Post Your Comment