Market Closed

जागीर खोज्दै हुनुहुन्छ ? यी १२ कुरामा दिनुहोस् ध्यान

08 Oct,2019
  • job_vacan_10_8_2019_7_36_23.png
नेपाली पैसा
 
काठमाडौं : जागीर अभावको समस्या जो केहीले पनि भोग्दै आएका छन् । नेपालमा ठूलो संख्यामा बेरोजगार रहेका छन् । रोजगारीकै लागि आम नेपाली विदेश पलायन हुनु परिरहेको तीतो यथार्थ विद्यमान छ । नेपालमै रोजगारी खोज्नेहरुले संख्या पनि उत्तिकै छ । विभिन्न अवसरहरु पनि बढ्दै गएका छन् । तर रोजगारी खोज्दा स–सानो गल्तीले पनि जागीर पाउने अवसर गुमाउने अवस्था पनि सिर्जना हुन सक्छ । 
 
यहाँ हामीले जागीर खोज्दा ध्यान दिनुपर्ने १२ विषयहरुमा चर्चा गरेका छौं 

१. आवेदन दिनु भन्दा पहिला ध्यान दिनुपर्ने कुराहरु :

- सही सर्च च्यानलको प्रयोग गर्ने : तपाईं कहाँ र कसरी जागिर खोज्नुहुन्छ त्यो महत्वपूर्ण कुरा हो । आँखा चिम्लेर सिभी पठाउनु भयो भने तपाँईंले जागीर पाउने मौका एकदमै कम हुन्छ । आफ्ना साथिहरुसँग सम्पर्कमा रहिरहँदा उनीहरुबाट पनि जागीरको अवसर आउन सक्छ । हाईरिङ एजेन्सीसँग सम्पर्कमा रहनु पनि अर्को विकल्प हो । 
 
यस्ता एजेन्सीले विभिन्न क्षेत्रका कन्पनीमा कर्मचारी नियुक्ति गर्न मद्दत गर्दछन् । एजेन्जीले तपाईँ र कम्पनीबीच सीधा सम्पर्क गराइदिन सक्छन् । साथै, आजभोली प्रायः जागीर समाजिक सञ्जाल लिंक्डइन र ट्विटर हेरेर पनि दिने चलन बढेको छ । तथ्यांकका अुसार विश्वमा करिब १५५ जनसंख्या सामाजिक सञ्जालबाट रोजगारीमा लाग्ने गरेका छन् ।  
 
- योग्यता मेल नखानु :  प्रायः व्यक्तिहरुले उनीहरूको योग्यतासँग मिल्दोजुल्दो विकल्प हेरेर जागिरमा आवेदन पठाइहाल्छन् । तर जागीमा आवेदन दिनु अघि आफ्नो प्राथमिकतालाई पनि स्पष्ट राख्नु पर्दछ । तपाईंसँग यो ज्ञात हुनुपर्दछ कि कस्तो प्रकारको संस्थानमा तपार्इंले कामका लागि आवेदन दिइरहनु भएको छ । तपाईंले कम्पनीको प्रोफाइल र भूमिकाको बारेमा बुझ्नु पनि जरुरी हुन्छ । 
 
- समाजिक सञ्जालमा समीक्षा नगर्नु : अहिले धेरै कम्पनीहरूले सामाजिक सञ्जालको प्रयोग गरी रोजगारीका लागि आवेदन दिने व्यक्तिको प्रोफाइल हेर्ने गरेका छन् । त्यसकारण सामाजिक सञ्जालमा रहेका आफ्नो प्रोफाइलको बारेमा सचेत हुनु पनि धेरै महत्वपूर्ण भएको छ । 
 
२. जागिरका लागि आवेदन दिने बेलामा ध्यान दिनुपर्ने कुरा :
 
- गल्ती गरेर सिभी पाठाउने : रोजगारदाताले सिभीमा बढीमा ३० सेकेन्ड खर्च गर्छन् । तसर्थ, सिभी आकर्षक हुन अनिवार्य छ । अझ महत्वपूर्ण कुरा कुनै गल्तीहरू हुनुहँदैन । यो सिभी अस्विकार हुनुको ठूलो कारण हो । सिभीमा भाषा र स्पेलिङ सम्बन्धी गल्तीहरू हटाउनु पर्दछ । त्यस्ता गल्तीहरूले तपाईंको बारेमा नराम्रो प्रभाव पर्छन् । तपाईंको सीपहरूको बारेमा बढाइचढाई लेख्नु पनि ठूलो गल्ती हो । यसमा वास्तविक अनुभव जे हो त्यही उल्लेख गर्नुपर्छ । यदि छनौटमा पर्नुभयो भने, कम्पनीले तपाईंले उल्लेख गरेको सिपहरुको डक्ुमेन्ट प्रमाणिकरण गर्छ ।
 
- पहिल्यै बनाएको कभर लेटर पठाउने : हतार हतारम धेरै जनाले कभर लेटर र सिभी पुरानै सारेर पाठाउने गल्ती गर्दछन् । यदी तपार्इंले कभर लेटर इन्टरनेटबाट चोरी गर्नुभएको छ भने रोजगारदाताले सम्पर्क गर्ने मौका कम हुन्छ । कभर लेटरले तपार्इंको बारेमा बताउनुपर्छ र सिभीमा तपाईंको अनुभवको बारेमा उल्लेख गर्नुपर्छ ।
 
- कम्पनीको पछि नलाग्नु : सिभी पाठाएपछि तपाईंले के गर्नु पर्छं रु कति दिन पर्खनु पर्छ रु धेरै व्यक्तिले यसमा गल्ती गर्छन् । रोजागारदाताले तपाईंलाई सिभी पाठाएको भोली पल्टनै जवाफ गर्दैन । यदी सिनियर लेभलको पदको लागि आवेदन दिनुभएको छ भने कम्तीमा १ हप्ता त कुर्नैपर्ने हुन्छ । जुनियर लेभलका लागि भने कम्तीमा १५ दिन पर्खनुपर्छ ।
 
 
३. अन्तर्वाताको समय 
 
- टेलिफोन अन्तर्वाता : कहिले–काहीँ जागीर छनोट चरणमा रोजगारदाताले टेलिफोनबाट पनि अन्तर्वाता लिन सक्छन् । यदी पूर्वघोषित समय तय भएको छ भने त्यही अनुसार तयारी गर्नुपर्छ । फोन अन्तर्वाताको बखत तपाईंले कम्पनीको प्रोटोकललाई पनि ध्यानमा राख्नुहुन्छ । अन्तर्वाता लिने व्यक्तिलाई होल्डमा नराख्नुहोस् । यस समयमा अन्य गतिविधिहरूलाई बेवास्ता गर्नुहोस र सम्पूर्ण ध्यान अन्तर्वातामा केन्द्रीत गुर्नहोस् । फोनमा कुरा गर्दा, तपाईं हतार नभएको जस्तो देखिनुपर्दछ । धेरै व्यक्तिगत हुनुबाट पनि जोगिनुहोस् । कामसँग सम्बन्धित मुद्दाहरूको छलफल नगर्नुहोस् ।
 
- अन्तर्वातामा प्रश्नहरुको गलत जवाफ दिने : अन्तर्वाता अघि तयारी गर्नुभएन भने, यो तपाईंको सबैभन्दा ठूलो गल्ती हुनेछ । तपाईंले जुन पदको लागि आवेदन दिनु भएको हो त्यसको बारेका सम्पूर्ण जानकारी राख्नुपर्दछ । विनम्र हुनुहोस् र नडराई अन्तर्वाता दिनुहोस् । यसले तपाईंलाई अन्तर्वाताको बेला प्रश्नहरुको उत्तर ढुक्कसँग दिन मद्दत गर्दछ । व्यक्तिको छनौट नहुनुको मुख्य कारण कम्पनीको बारेमा आधारभूत जानकारी नभएर पनि हो । तपाईंले आफ्नो भूमिका, तलब अनुमान बारेमा विनम्रतापूर्वक सोध्नुपर्छ ।
 
 
- अन्तरर्वाताको समयमा अनुचित व्यवहार र खराब बडी ल्यांग्वेज : व्यक्तिगत अन्तर्वाता एक राम्रो प्रभाव छोड्ने अन्तिम र ठूलो मौका हो । यस्ता अन्तर्वाता धेरै गहिराईमा जान्छ र तपाईंलाई जाँच गर्दछ । तपार्इंको बडी ल्यांज्वेजले अन्तर्वाता लिने व्यक्तिमा ठूलो प्रभाव पार्छ । तपाईंको पहिलो छवि उनीहरूको दिमागमा लामो समय सम्म रहन सक्छ । तसर्थ, तपाइँ के भन्न चाहानुहुन्छ भनेर तयारी गर्नुका साथै यो पनि महत्वपूर्ण छ कि तपाईं कसरी बोल्नुहुन्छ । 
 
अन्तर्वार्ताको लागि पुग्न ढिलाई गर्नु हुँदैन, लुगा धेरै भड्काउने हुनु हुँदैन र कपाल चिटिक्क कोरेर जानुपर्दछ ।  अन्तर्वाताको दौरान थकित देखिनु भएन । अन्तर्वाता लिने व्यक्तिहरूसँग अन्तक्रयिा गर्ने प्रयास गर्नुहोस् । उनीहरूको कुराको जवाफमा मुस्कुराउनुहोस् र सहमत हुनुहोस् । 

४. अन्तवार्तापछि :

- अव्यावहारिक माग : अन्तर्वातापछि हुने कुराकानीमा तपाईंको अव्यावहारिक मागले तपाईंको जागीर जानसक्छ । यस बेला जागीरको भन्दा पनि बाहिरी कुरा गर्नुपर्दछ । जस्तै, कति घण्टा काम गर्ने, कुन सिफ्टमा काम गर्ने जस्ता प्रश्नको उत्तर खोज्नुपर्दछ । धेरै व्यक्तिको अर्को समस्या भनेको अन्तर्वातापछि तलब बारेमा आफ्नो निर्णय परिवर्तन गर्ने । यसो गर्दा रोजगारदातालाई असर गर्दछ ।
 
- धन्यवाद भन्न नभुल्ने : अन्तर्वातापछि सधैं एक प्रोटोकल ख्याल राख्नुपर्छ । अन्तर्वाता सकिएको २४ घण्टा भित्रै अन्तर्वाता लिएका व्यक्तिलाई धन्यवाद ज्ञापन गर्दै इ–मेल लेख्नुहोस ।
 
- रिफरेन्स : यदी रोजगारदाताले रिफरेन्स मागेको खण्डमा जुनै पनि बेला दिन सक्नुपर्दछ । तपाईंले सिभीमा रिफरेन्स राख्न जरुरी छैन । तर कम्पनीले मागेको खण्डमा दिन सक्नुपर्ने हुन्छ । 
 

Post Your Comment