Market Closed

सेयर कारोबार खोल्ने भनेपछि लगानीकर्ता उत्रिए विरोधमा, नियामक भने छलफलमा

26 Mar,2020
  • NEPSE_building_new_3_26_2020_11_19_28.jpg
नेपाली पैसा
 
काठमाडौं : अर्थमन्त्री संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले सेयर कारोबार खुलाउने निर्णय गरेपछि नियामक निकाय बजार सञ्चालकहरु बीच छलफल भएको छ । यद्दपि, सेयर बजार खुलाउने विषयमा अन्तिम टुंगो लगाउन बाँकी रहेको नेपाल धितोपत्र बोर्डका एक अधिकारीले नेपाली पैसालाई जानकारी दिए । धितोपत्र बोर्डले सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपछि गत सोमबारदेखि ५ कार्य दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । यसलाई आधार मान्दा अब मंगलबारदेखि बजार खुल्नुपर्ने हुन्छ ।
 
यसैबीच, उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाइ बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने निर्णय गरेसँगै कारोबार खुलाउने विषयमा छलफल भएको हो ।
 
कपितयले न्यूनतम सेवा भनेकाले अनलाइन कारोबारमात्र खुला गर्ने निर्णय हुन सक्ने बताइरहेका छन् । तथापि, नेपालको सन्दर्भमा यो व्यवहारिक नहुने आवाज पनि उत्तिकै उठिरहेको छ । किने भने अहिले डेढ प्रतिशतभन्दा कममात्र लगानीकर्ता अनलाइनमा आबद्ध छन् । त्यसो त, बुधबार अर्थ मन्त्रालयले सेयर कारोबार खुलाउन निर्देशन दिएसँगै सर्वसाधारण लगानीकर्ताहरुले भने यसको तीब्र विरोध जनाएका छन् । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत बजार खोल्ने निर्णयको लगानीकर्ताले विरोध गरेका हुन् ।

बजार किन र कसका लागि खोलिंदैछ ? भन्ने प्रश्नहरु व्यापकमात्रा गरिएका छन् । सरकारले घरबाट बाहिर ननिष्किन लक डाउन गरिरहेका बेला सेयर बजार खोल्नुको रहस्य के हो ? भन्नेसम्मका प्रश्न सर्वसाधारण लगानीकर्ताले तेस्र्याइरहेका छन् । सेयर कारोबार गरे पनि रकम भुक्तानी लगायतका समस्या हुने देखिएको छ । ब्रोकरहरुले पनि सेयर किन्नेसँग भुक्तानी लिन कठिनाई हुने व्यवहारिक समस्या रहेको बताएका छन् ।

सरकारको निर्णय अव्यवहारिक भएको उनीहरुको भनाई छ । यसअघि लगानीकर्ताका ५ वटै संगठनले बजार बन्द गर्न दबाब दिएका थिए । ब्रोकर एसोसिएसन र मर्चेन्ट बैंकर एसोसिएसनले पनि कारोबार नगर्ने निर्णय गरेको थियो । अहिले, लगानीकर्ताका संगठनले बजार खोल्ने निर्णयको पुनः विरोध गरेका छन् । 

यता, सेयर लगानाीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले अहिलेको अवस्थामा बजार खुल्नु कुनै पनि हिसाबले व्यवहारिक नभएको बताएका छन् । यसको सबैले विरोध गर्नुपर्छ, उनले भने । 

 
 
 
 

Post Your Comment