Market Closed

भर्खरै आइपीओ जारी गरेको साधना लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

02 Aug,2020
  • financial-data-image-2_8_29_2017_6_24_12.png
नेपाली पैसा

काठमाडौं : भर्खरै आइपीओ जारी गरेको साधना लघुवित्तले नाफामा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चौथोसम्म आइपुग्दा साधना लघुवित्तले ४ करोड २ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५१.१६% ले बढी हो । गत वर्ष संस्थाले १ करोड ६० लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । 

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले खुद नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी १९६.६८% ले बढेर १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ४ करोड ६२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा ४१.६६% ले बढेर ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड ५२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

असार मसान्तसम्ममा साधनाको २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा छ । 
 

Post Your Comment