Market Closed

युनाइटेड इदी मार्दीको आइपीओमा माग भन्दा १२.३९ गुणा बढी आवेदन

22 Nov,2020
  • ipos_n_9_18_2020_9_06_29.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओमा १ करोड ६९ हजार कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अन्तिम दिन आइतबारसम्म कुल ५ लाख ५७ हजार २८९ जना आवेदकले १ अर्ब ६९ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा १२.३९ गुणा बढी हो । कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 
 
इदी मार्दीले मंसिर ३ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा खुला गरिएको हो ।
 
यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

Post Your Comment