Market Closed

सूर्या लाइफको लाभांश पारित गर्न कहिले बस्दैछ साधारण सभा ?

14 Jan,2021
  • Bonus_8_15_2_1_14_2021_4_52_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५–७६ को वार्षिक साधारण सभा माघ ५ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७०% र सर्वसाधारण समूहको हिस्सा ३०% रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% बनाउन लागेको हो ।
 
सूर्या लाइफको साधारण सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । साधारण सभा प्रयोजनका लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुनेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् । 


 

Post Your Comment